काठमाडौं । अफगानिस्तानले आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६ मा न्युजिल्यान्डविरुद्धको ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।
आइतबार भारतको चेन्नाईस्थित एमए चिदमबरम क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले न्युजिल्यानडले सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ ।
हाल क्रिजमा रहेका गुल्बदिन नैवले चार रन बनाएका छन् । सदीकुल्लाह अतल शून्यमा खेलिरहेका छन् ।
त्यसअघि पभेलियन फर्किएका ओपनर इब्राहिम जदरानले १० रन बनाएका थिए । ओपनर रहमनुल्लाह गुरबजले २७ रन बनाए ।
खेलमा दुवै टोली सुखद सुरुसआतको खोजिमा छन् । दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न टी–२० क्रिकेट विश्वकपमा सुपर ८ पुग्ने टिम सोझै छनोट हुने प्रावधानबाट विश्वकपको टिकट काटेको हो ।
न्युजिल्यान्डका निम्ति दुवै विकेट लाकी फोर्गुसनले लिए ।
यस संस्करण अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘डी’ छन् । समूहमा उनीहरूसँगै क्यानडा, दक्षिण अफ्रिका र युनाईटेड अरब इमिरेट्स (यूएई) छन् ।








प्रतिक्रिया