काठमाडौं । टी–२० विश्वकप २०२६ को दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको छ ।
शनिबार इडेन गार्डेन स्टेडियममा खेलिएको खेलमा पहिले ब्याटिङ गर्दै क्यारेबियन टोलीले २० ओभरमा पाँच विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा स्कटल्याण्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो ।
वेस्ट इन्डिजका रोमारियो शेफर्डले ह्याट्रिक गर्दै ५ विकेट लिए । उनले आफ्नो ३ ओभरमा २० रन दिएर ५ विकेट लिए । उनले स्कटल्याण्डको इनिङ्सको १७ औं ओभरमा क्रस, माइकल लिस्क र ओलिभर डेभिडसनको विकेट लिएका थिए ।








प्रतिक्रिया