काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मलेसिया पुगेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी मलेसिया पुगेका हुन् ।
उनलाई क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले स्वागत गरे ।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स ह्यान्डलमा तस्वीरहरु पनि सेयर गरे, जसमा आफूलाई स्वागत गर्न विमानस्थल आएका इब्राहिमसँगको तस्वीर पनि सेयर गरिएको थियो ।
‘म क्वालालम्पुर आइपुगेको छु । मेरा साथी प्रधानमन्त्री अनवर इब्राहिमले विमानस्थलमा गरेको न्यानो स्वागतको लागि म हार्दिक आभारी छु ।’ मोदीले एक्समा लेखेका छन् ।
भ्रमणको क्रममा दुई देशका नेताहरूबीच द्विपक्षीय वार्ता, रक्षा सहयोगबारे छलफल हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो उनको मलेसियाको तेस्रो भ्रमण हो, यसअघि मोदीले अगस्ट २०२४ मा मलेसियाको भ्रमण गरेका थिए ।








प्रतिक्रिया