२८ असार २०८३, आइतबार

स्कटल्याण्डले टस जित्यो, ब्याटिङ गर्दै वेस्ट इन्डिज

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोलकाताको इडेन गार्डेनमा टी–२० विश्वकपको समूह ‘सी’को खेलमा वेस्ट इन्डिज र स्कटल्याण्ड खेल्दै छन् ।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे ।

स्कटल्याण्डको लागि विश्वकप खेल्ने सपना साकार भएको छ, किनकी टोली प्रतियोगिताको लागि छनोट हुन असफल भएको थियो तर बंगलादेश विश्वकपबाट बाहिरिएपछि स्कटल्याण्डलाई समावेश गरिएको थियो ।

यसैबीच, वेस्ट इन्डिजको लागि ब्रान्डन किंग र शाई होप ब्याटिङ गरिरहेका छन् ।

यसअघि आजै भएको विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि ३ विकेटको जित निकालेको थियो ।

आजै साँझ विश्वकपको तेस्रो खेलमा भारत र अमेरिकाबीचको खेल मुम्बईको वानखडे रंगशालामा हुनेछ ।