११ असार २०८३, बिहिबार

टी–२० विश्वकप आजदेखि, पहिलो दिन तीन खेल हुँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०२६ को टी–२० विश्वकप आज (शनिबार)देखि सुरु हुँदैछ ।

भारत र श्रीलंका संयुक्त आयोजक रहेको विश्वकप प्रतियोगिता मार्च ८ सम्म जारी रहनेछ । प्रतियोगितामा नेपालसहित कूल २० टिमको सहभागिता रहेको छ ।

शनिबार बिहान ११ः१५ बजे हुने पहिलो खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल श्रीलंकाको सिंहली स्पोर्ट्स क्लब (एसएससी)मा हुनेछ ।

यस्तै, आज दिउँसो हुने दोस्रो खेलमा वेस्ट इन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदा साँझ हुने तेस्रो खेलमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । वेस्ट इन्डिज र स्कटल्यान्डबीचको खेल कोलकाताको इडेन गार्डेनमा हुनेछ भने भारत र अमेरिकाबीचको खेल मुम्बईको वानखडे रंगशालामा हुनेछ ।

यसैगरी, भोलि (आइतबार) नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

नेपाल रहेको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले समूह चरणका चारै खेल मुम्बईको वानखडे रंगशालामा खेल्नेछ ।