उदयपुर । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा संगठनको जिल्ला कार्यसमिति उदयपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्ला अस्पताल गाईघाटमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै स्थापना दिवस मनाएको छ ।
कार्यक्रमअन्तर्गत सुत्केरी आमा, विभिन्न वार्डमा भर्ना भएका बिरामी तथा किड्नी डायलाइसिस गराइरहेका बिरामी गरी करिब ४० जनालाई प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारीको नेतृत्वमा पुगेको टोलीले फलफूल वितरण गरेको हो ।
फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी प्रमुख रूपमा सहभागी हुनुका साथै एमाले उदयपुरका सचिव टेकबहादुर राउत, उपसचिव गंगा राई, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहसंयोजक तुलसी कोइराला, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज गणेश उप्रेती, पूर्व जिल्ला अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भारत खड्का, पूर्वअध्यक्ष पुरुषोत्तम सापकोटा लगायत प्रेस चौतारी जिल्ला कार्यसमितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सफल बनाउन जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मुकेश झा तथा अस्पतालका नर्सिङ टोलीले समन्वय गरेका थिए ।
फलफूल वितरण गर्दै एमाले केन्द्रीय सदस्य चौधरी र प्रेस चौतारी उदयपुरका अध्यक्ष अधिकारीले बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले स्थापना दिवसलाई सफल बनाउन सहयोग गर्ने पार्टीका नेता, प्रेस चौतारीका सहकर्मी तथा साथीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै, कार्यक्रम समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. झा लगायत सम्पूर्ण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।









प्रतिक्रिया