९ असार २०८३, मंगलबार

निश्चिन्त मान्नुस्, चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन एकै दिनमा हुने बताएकी छिन् ।

भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’