काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा बयान फेर्ने दुईजना साक्षीविरूद्व भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसहितको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरिएका २ जनाले बयान फेरेपछि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका आचार्यसहितलाई मुद्दा दायर गरिएको थियो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका(४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो । तर उनीहरूले विशेष अदालतमा बकपत्रमा आयोगमा दिएको भन्दा उल्टो बयान दिएपछि मुद्दा दायर गरिएको हो ।








प्रतिक्रिया