काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपको वार्मअप खेलमा क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार चेन्नाईको एमए चिदम्बरम क्रिकेट रंगशालामा आसिफले क्यानडाविरुद्ध ६.४ ओभरमा ५० रन पूरा गरेका हुन् । यसक्रममा आसिफले १८ बल खेल्दा ६ चौका र तीन छक्का प्रहार गरेका छन् ।
आसिफसँगै क्रिजमा रहेका सन्दीप जोरा १७ रनमा खेलिरहेका छन् । खेलमा नेपालले एक विकेट गुमाएर ७९ रन जोडेको छ ।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभार ६ विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।
यो नेपालको दोस्रो वार्मअप खेल हो । यसअघि नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको जित निकालेको थियो ।
विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ ।








प्रतिक्रिया