काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसले सत्ताका लागि कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले पार्टीलाई सत्तासँग नजोड्ने बताएका हुन् ।
उनले भने, ‘यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ। कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ। बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नु पर्यो भने जे छोड्नुपर्छ त्यो छोड्छ।’
उनले थप भनेका छन्, ‘सत्तामा पुग्न वा टिक्नको लागि, जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन। बरु आनन्दले सरकार बाहिर बस्छ। पार्टी भनेको ‘इलेक्सन मेसिन’ होइन।’















प्रतिक्रिया