२६ जेष्ठ २०८३, मंगलबार

डस्टबिनमा फालिएको सुन पास गर्न खोज्ने विमानस्थल सरसफाइ कर्मचारी पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ । डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

यस्तै दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट समेत प्रहरीले एक सय ग्राम सुन बरामद गरेको छ ।