५ कार्तिक २०८३, बिहिबार

काठमाडौंबाट उडेलगत्तै इन्जिनमा आगो लागेको जहाज कोलकत्तामा सकुशल अवतरण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै इञ्जिनमा आगो लागेको विमान भारतको कलकत्तामा सकुशल अवतरण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ ए–३३३ बिमानको इन्जिनमा आगो लागेको थियो ।

‘राइट इन्जिन अन फायर’ को संकेत देखिएपछि जहाजलाई कलकत्ता डाइभर्ट गरिएको थियो । घटनापछि जहाजलाई केही समय आकाशमै होल्ड गराई आवश्यक प्रक्रिया पूरा गरेर दिउँसो ३ बजेर ३ मिनेटमा अवतरण गराइएको हो ।

सबै यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।