काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएको रिटको पेशी आज पनि सरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले प्रधानन्यायाधीमाथि नै प्रश्न उठाउँदै मुद्दाको सुनुवाईबाट भागिरहेको टिप्पणी गरेका हुन् ।
काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग संवादमा बोल्दै उनले भने, ‘आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्यो। प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ। यसले हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ। हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ।’








प्रतिक्रिया