१४ असार २०८३, आइतबार

जय ट्रफी पुरुष इलाइट कप फागुन ८ देखि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी फागुन ८ गतेदेखि जय ट्रफी पुरुष इलाइट कप हुने भएको छ ।

क्यानका अनुसार प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएएफ क्लब र वाग्मती प्रदेश क्रिकेट टिम गरी चार टिमको सहभागिता रहनेछ ।

यी चारवटै टिम गत वर्ष सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका आधारमा छनोट भएका हुन् ।

क्यानले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार आर्मी र पुलिसले प्रतियोगिताको पहिलो खेल खेल्ने तय भएको छ ।

यी दुईबीचको खेल कीर्तिपुरस्थित कीर्तिपुर क्रिकेट रंगशालामा फागुन ८ गते बिहान साढे ९ बजे हुनेछ । प्रतियोगिताका खेल मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र कीर्तिपुर क्रिकेट रंगशालामा हुनेछन् ।