काठमाडौं । उत्तर प्रदेशस्थित गाजियाबादको भारत सिटी सोसाइटीमा गएराति अपार्टमेन्टको नवौं तलाबाट सँगै हात समातेर हाम फालेर तीन दिदीबहिनीले आत्महत्या गरेका छन् । बी–१ को फ्ल्याट ९०७ मा बस्ने उनीहरुको उमेर १६, १४ र १२ वर्ष रहेको थियो ।
यो घटना अनलाइन गेमिङसँग जोडिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एबीपी न्यूजका अनुसार तीनै जना दिदीबहिनीहरूलाई अनलाइन गेमको लत थियो र प्रायः आफ्नो सबै समय गेम खेलेर बिताउने गर्थे ।
मंगलबार राति पनि उनीहरु अनलाइन गेम खेलिरहेका थिए, जब उनका परिवारका सदस्यहरूले उनलाई यी गेम खेल्नबाट रोके, उनहरुले सुनेनन् र रिसाएका थिए । परिवार कोठाबाट निस्केपछि, रिसको आवेगमा तीनै जनाले अपार्टमेन्टको नवौं तलाबाट हामफाल्दा उनीहरुको मृत्यु भयो ।
यसैबीच, प्रहरीले तीनै जनाको शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरुका कोठामा कुनै सुसाइड नोट फेला परेको छैन ।









प्रतिक्रिया