काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुन लागेको टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले हराएको छ ।
चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा आज भएको पहिलो अभ्यास खेलमा यूएईले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि आरिफ सेखले सर्वाधिक ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाएका थिए । कप्तान रोहित पौडेलले १६, आसिफ सेख र कुशल भुर्तेलले ८/८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ ।









प्रतिक्रिया