३० आश्विन २०८३, शुक्रबार

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो ।

काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरे ।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, स्वचालन र डिजिटल रूपान्तरणको क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।