काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ केजी देखि १२ केजी सम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, र सेमी अटो मेटिक टपलोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड बाई साइड रेफ्रिजरेटरहरुमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ ।
सामसङ वाशिंग मेशिनहरुमा डीआईटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भी सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००भी सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ ।










प्रतिक्रिया