विराटनगर । नेकपा (एमाले)का सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले फागुन २१ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने बताएका छन् ।
प्रेस चौतारी मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले एमालेको लोकप्रियता र सांगठनिक मजबुतीका कारण एकल बहुमतको सरकार बन्ने आधार तयार भएको बताए ।
ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजय यात्रा नरोकिने उल्लेख गरे । साथै, बालेन साहलाई झापा–५ बाट उठाएर उनको राजनीतिक यात्रा समाप्त पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै भूमिका खेलेको हुनसक्ने ढकालले बताए ।
‘बालेनजीलाई झापा लगेर केपी ओलीसँग लडाउनु कतै उनकै दल वा घेराभित्रको षड्यन्त्र त होइन ? उनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले त्यहाँ पठाएको देखिन्छ’ ढकालले भने, ‘केपी ओलीसँग लडाउनु भनेको उनलाई राजनीतिक रूपमा समाप्त पार्नु हो ।’
बालेनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले रास्वपाले त्यहाँ पठाएको देखिएको ढकालले बताए ।








प्रतिक्रिया