काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगातको नाम वेभसाइटमा राखेर ठगी गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ परेका छन् ।
नेपाल इन्टरनेशनल कलेजको वेभसाइटमा उनले ओलीसहित गगन थापा, आरजु राणा र महेश बस्नेत लगायत नेपालका शीर्ष नेताहरूको नाम राखेर अन्तर्राष्ट्रिय स्तरमा रकम उठाउने गरेका थिए ।
उनले अन्तराष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले कलेजको वेभसाइटमा विभिन्न दलका नेताहरूलाई ‘आवर डाइनामिक टिम’ भनेर नाम उल्लेख गरी ठगी गर्ने गरेका खुलेको छ ।
यसैगरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अनुसन्धानमा खुलेको छ। कलेजले अध्यापन गराउने विषयहरू कोरियन स्टडिज, एआइ सफ्टवेयर इन्जिनियरिङ्, बिजनेस् स्टडिज आदि देखाइएको कलेजको वेभसाइटमा उल्लेख छ।
सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधीमा ५० भन्दा बढीपटक नेपाल भ्रमण गरेका छन्।
ति अमेरिकी नागरिक पर्यटक, वर्किङ्, व्यावसायिक लगायतका भिसामा नेपाल बस्ने गरेको पाइएको छ।









प्रतिक्रिया