२२ असार २०८३, सोमबार

बालेनको अभियानका क्रममा ढलेर मृत्यु भएका पत्रकार सिटौलाको पोष्टमार्टम रिपोर्ट के आयो ?

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको मृत्युबारे गरिएको पोस्टमार्टम परीक्षणले शरीरमा बाह्य चोटपटक नभएको देखाएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम अनुसार उनको मृत्युको कारण ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव) भएको पुष्टि भएको हो ।

सिटौला बालेन साहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएर ढलेका थिए। उनलाई उपचारका लागि काठमाडौं ल्याइए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि अस्पतालले मृत घोषणा गरेको थियो।

सामाजिक सञ्जालमा फैलिएका विभिन्न आशंका र हल्लाका बीच पोस्टमार्टम निष्कर्षले मृत्यु प्राकृतिक स्वास्थ्य कारणबाट भएको संकेत गरेको छ।

प्रहरीले औपचारिक रिपोर्ट आउन बाँकी रहे पनि हालसम्म बाह्य चोटको प्रमाण नभेटिएको जनाएको छ।