२९ असार २०८३, सोमबार

कपिलवस्तु क्षेत्र नं. ३ मा अमर पौडेलको नेतृत्वमा काँग्रेस संगठन थप सशक्त

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. ३ मा संगठनले नयाँ उचाइ लिएको छ । पार्टीले भातृ तथा शुभेच्छुक संस्था परिचालन समितिको संयोजकमा अमर पौडेललाई नियुक्त गरेसँगै संगठन थप सशक्त, सक्रिय र जनमुखी बन्ने दिशामा अघि बढेको हो ।

जिल्ला नेतृत्वको निर्णयअनुसार पौडेललाई उक्त जिम्मेवारी दिइएको छ । लामो समयदेखि नेविसंघ र तरुण दलमा सक्रिय रहँदै आएका पौडेललाई काँग्रेसभित्र जुझारु, समर्पित र संगठनप्रति गहिरो बुझाइ भएको नेताका रूपमा हेरिएको छ ।

नेपाली काँग्रेसका नेता अभिषेक प्रताप शाहका अनुसार अमर पौडेलले क्षेत्रका सबै तहका कार्यकर्तालाई एकताबद्ध गर्दै पार्टीको नीति, सिद्धान्त र सन्देश जनस्तरसम्म पु¥याउन प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । पौडेलको नेतृत्वमा संगठन अनुशासित, परिणाममुखी र रणनीतिक रूपमा अझ मजबुत बन्ने अपेक्षा गरिएको उनले बताए ।

माघ २२ गते कृष्णनगरमा आयोजना हुने क्षेत्रस्तरीय भेलाले तल्लो तहदेखि माथिल्लो तहसम्मका कार्यकर्तालाई एकीकृत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने जनाइएको छ । जिल्ला नेतृत्वको विश्वास छ कि अमर पौडेलको नेतृत्वले आगामी निर्वाचन तथा राजनीतिक कार्यक्रमहरूमा काँग्रेस संगठनलाई थप प्रभावकारी बनाउनेछ ।