२६ जेष्ठ २०८३, मंगलबार

सिटिजन्स बैंकद्वारा ३ वर्षे स्थिर ब्याजदरको आकर्षक कर्जा योजना सार्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूको वित्तीय आवश्यकतालाई लक्षित गर्दै “३ वर्षे सिटिजन्स बैंक कर्जा योजना” सार्वजनिक गरेको छ । लक्षित वर्गका ग्राहकलाई सहज र सुरक्षित कर्जा पहुँच प्रदान गर्ने उद्देश्यसहित बैंकले उक्त योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार विभिन्न प्रयोजनका लागि कर्जा लिन सक्नेछन् । योजनाको विशेषता स्वरूप कर्जा लिएको मितिदेखि ३ वर्षसम्म ब्याजदर स्थिर रहने बैंकले जनाएको छ ।

बैंकका अनुसार ३ वर्षको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १।५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम गरिनेछ । यसले ग्राहकलाई प्रारम्भिक वर्षहरूमा ब्याजदरको अनिश्चितताबाट सुरक्षित राख्ने विश्वास बैंकले लिएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्न सक्नेछन् । व्यवसाय विस्तार, घर निर्माण, व्यक्तिगत तथा अन्य वित्तीय आवश्यकताका लागि यो योजना उपयोगी हुने बैंकको भनाइ छ ।

यस आकर्षक कर्जा योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।