१४ असार २०८३, आइतबार

नेशनल लाइफले दियो १८५ जना अभिकर्तालाई १ दिने तालिम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एकदिने तालिम प्रदान गरेको छ ।

कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरुलाई पोखरामा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणको क्रममा उनले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकरी अधिकृत स्मृतिराज कँडेलले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरुलाइ उत्कृष्ट तालिम दिनेगरी प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारासहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, उनले शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आजको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल सावित गरेर देखाउनु हुनेछ भन्ने आपेक्षा रहेको बताए । पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस प्रकारको उत्कृष्ट तालिमबाट आफूहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।