झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोविन्द थापाले फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनु पर्ने बताएका छन् ।
एमाले पशुपति टोल कमिटी दमक–८ को टोल भेलालाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने बीचको भिडन्त भएको हुँदा देश जोगाउने दललाई जिताउन विगतको भन्दा यस पटक धेरै मिहिनेत गर्न पनि कार्यकर्तालाई नेता थापाले निर्देशन दिएका हुन् ।
पार्टीको पशुपति टोल कमिटी दमक–८ का अध्यक्ष सूर्यप्रसाद भेटवालको अध्यक्षतामा भएको टोल भेलामा वडा कमिटी दमक–८ को संयोजक समेत रहेका नेता थापाले आफनो खुशीमा नभई विदेशीको इसारामा बालेन साह झापाको क्षेत्र नं. ५ मा निर्वाचन लड्न आएको आरोप लगाए ।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता बीच छलफल गर्दै पार्टीका केन्द्रीय सदस्य थापाले मुलुकलाई विदेशी दलालको पञ्जाबाट जोगाउने प्रतिनिधि केपी शर्मा ओलीलाई झापाको निर्वाचन क्षेत्र नं. ५ का मतदाताले उम्मेदवार बनाएको बताउँदै विगतका निर्वाचनमा खटेकोभन्दा दोब्बर मिहिनेतका साथ गाउँघरमा खट्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।
गत भदौ २३ गते जेनजी तोडफोडमा बन्द कोठामा बसेर कलिला स्कुले युवालाई तोडफोडमा उकाउने बालेन साह रहेको नेताको भनाई रहेको छ । २४ गते विदेशी तत्वले मुलुकभरका सरकारी संरचना, व्यक्ति र नेताहरुको घर छानीछानी म्याप हेरर ध्वस्त पोरेको घटनाको विषय गाउँ टोलका बासिन्दालाई बुझाउन पनि थापाले अनुरोध गरे ।
जनताको प्रतिनिधिले सार्वजानिक बहसमा भाग नलिई आरोप प्रत्यारोप गरी पन्छिएको कुराले पनि बालेन साहको हैसियत थाहा भएको उनको भनाइ रहेको छ ।
भेलामा एमाले दमक–८ को निर्वाचन परिचालन समितिको संयोजक तथा दमक–८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)ले वडाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।















प्रतिक्रिया