२४ जेष्ठ २०८३, आइतबार

झापा गोल्डकपको सातौं संस्करण माघ २४ देखि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापा गोल्डकपको सातौं संस्करण यही माघ २४ देखि फागुन ४ गतेसम्म हुने भएको छ ।

बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० टोलीको सहभागिता रहनेछ । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।

त्यस्तै, प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।

यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार १५ लाख र द्वितीय पुरस्कार नगद सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।