काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशपछि तत्कालका लागि रोकिएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति अघि बढाइएको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो। साथै सम्बन्धित निकायसँग लिखित जवाफ पनि मागिएको छ।
पर्यटन मन्त्रालयअन्तर्गत बनेको छनोट समितिले खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरणसमेत गरिसकेको थियो। अन्तिम रूपमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी थियो।
तर कानुनी व्यवस्थाविपरीत निगमकै बहालवाला कर्मचारीहरू पनि प्रतिस्पर्धामा समावेश गरिएको विषय उठेपछि मुद्दा अदालत पुगेको हो। हाल निगम नेतृत्वविहीन अवस्थामै रहेको छ।








प्रतिक्रिया