काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
केही दिनदेखि रुघाखोकी, ज्वरो र सास फेर्न असहज महसुस भएपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए। चिकित्सकीय जाँचपछि उनको छातीमा संक्रमण देखिएको बताइएको छ।
अस्पताल स्रोतका अनुसार उनलाई छाती रोग विशेषज्ञको निगरानीमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अवस्था हाल सामान्य रहे पनि संक्रमण पूर्ण रूपमा निको नभएसम्म केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ।
चिकित्सकहरूले नियमित निगरानी र औषधि उपचारमार्फत संक्रमण नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताएका छन्।









प्रतिक्रिया