३० असार २०८३, मंगलबार

गरिबी र द्वन्द्वले अफगान बालबालिकाको शिक्षा प्रभावित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफगानिस्तानमा शिक्षाको अवस्था दयनिय र महत्वपूर्ण मोड़मा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) ले १० वर्ष मुनिका ९० प्रतिशत भन्दा बढी बालबालिकाहरुले साधारण लेख पढ गर्न नपाएको जनाएको छ ।

युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको परिस्थितिलाई ’सिकाइबिनाको विद्यालय शिक्षा’ को सङ्कटको रुपमा उजागर गरेको छ । यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, साथै आधारभूत साक्षरता र संख्यात्मकता, प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ ।

सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको जनाइएको छ । राष्ट्रिय विद्यालय प्रणालीमा कुल एक करोड २० लाख भर्ना भएका मा उनीहरूले आधुनिक विज्ञान सम्बन्धि विषयहरू अध्ययन गर्ने जनाइएको छ। यसैबीच, २८ लाख भन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।

यसैबीच, लाखौं अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन, र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पूँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ ।