काठमाडौं । महाराष्ट्रमा विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजीत पवारसहित ५ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान ८ः४५ बजे बारामतीमा उपमुख्यमन्त्री पवार सवार विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो ।

विमान दुर्घटनामामा उपमुख्यमन्त्री पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलकासहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिपोर्टका अनुसार पवार चार्टर्ड विमानमा मुम्बईबाट बारामती गएका थिए । पवार महाराष्ट्र पञ्चायत चुनावको लागि बारामतीमा चार वटा सभाहरूलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए ।
यसैबीच, भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग कुरा गरेर दुर्घटनाको बारेमा जानकारी लिएका छन् ।















प्रतिक्रिया