१९ असार २०८३, शुक्रबार

‘आ बाट आमा’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ । सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो ।

अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पासभएसँगै सबै उमेरका दर्शकलाई लक्षित फिल्म निर्माण गरेको बताए । उनी भन्छन्, ‘फिल्मको सेन्सर पास भएको छ । यो खुशीको कुरा हो । अब सबै उमेरका दर्शकले यो फिल्म हेर्न सक्नु हुनेछ । किनभने यो फिल्मको नाम नै ‘आ बाट आमा’ हो ।’

यस फिल्मका अभिनेत्री विपना थापा, अर्का अभिनेता प्रदीप रावत भारतबाट प्रचारप्रसारका लागि नेपालमै छन् । उनीहरु आफ्नो फिल्म प्रचारलाई जतिसक्दो जनमानसमा पुर्‍याउने चेष्टा गरिरहेका छन् । नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त पनि उतिकै जोडतोडका साथ लागेका देखिन्छन् ।

यो फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ले दर्शकमाझ निकै लोकप्रिय रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ । साथै, फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् ।

फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ ।