२४ जेष्ठ २०८३, आइतबार

नेशनल लाइफद्वारा कोशी प्रदेशका १२० अभिकर्तालाई तालिम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्ताहरुलाई इलामको फिक्कलमा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरुमार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।

कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखास्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् ।

सहाभागी अभिकर्ताहरुले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफू गरेको मेहेनत कदर भएको बताएका थिए ।