सर्लाही । सर्लाहीमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि डाक्टर पक्राउ परेका छन् ।
पायल्सको उपचार गर्ने क्रममा लालबन्दी नगरपालिका–२, पुनर्वास घर भएका बिपिन पासवानकी छोरी अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो ।
प्रहरीले लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयका डाक्टर रामविनय साहलाई पक्राउ गरेको छ।
पायल्सको शल्यक्रिया गर्ने क्रममा किशोरीको अवस्था गम्भीर बनेपछि हतारहतार उनलाई सर्लाहीकै हरिवनमा रहेको नमूना अस्पताल लगिएको थियो।
नमूना अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शल्यक्रिया गर्ने क्रममा लापरबाही हुँदा किशोरीको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्।







प्रतिक्रिया