२९ आश्विन २०८३, बिहिबार

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसिसी वुमन्स टी–२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ ।

सुपर–६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन् ।

अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन जोडिन् । १२ औं ओभरमा ७९ रन बनाउदा ६ विकेट गुमाएको स्कटल्यान्डको इनिङ चटर्जीले सम्हालेकी थिइन् ।

बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो । समूहमा यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको नेपालले जिम्बावेलाई भने हराएको थियो ।

अब स्कटकल्यान्डलाई हराएर नेरदल्यान्ड्स र थाइल्यान्डबीचको नजिता नेपालको पक्षमा आए नेपाल समूह ‘बी’ मा शीर्ष तीनमा परेर सुपर–६ मा पुग्नेछ ।