२८ असार २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचन : कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कोसीमा दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणना अनुसार दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै निर्वाचित भए । पोर्तेललाई (प्रदेश ६८ र स्थानीय तह २०१)जनाले मतदान गरेका थिए ।

त्यस्तै उनका प्रतिस्पर्धी खेम सुन्दासले २हजार ०३७ मतभार(प्रदेश १८ र स्थानीय तह ५७) प्राप्त गरे । नेपाली कांग्रेस, नेकपा एमाले र जसपाबीच चुनावमा गठबन्धन भएको थियो ।