काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस (पब्लिक डिबेट)का लागि आफू तयार रहेको घोषणा गरेपछि रास्वपा वरिष्ठ नेता बालेन साहले त्यसमा प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले पब्लिक डिबेट गर्न अस्वीकार गरेका हुन् ।
बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो । तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?? । त्यसपछि अरू कुरा गरौँला ।’
उनले थप भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’









प्रतिक्रिया