काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेसँगै घरेलु टोली नेपालले सुपर– ६ पुग्ने सम्भावना जिवित राखेको छ ।
लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो । आज भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो। लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहीन रुपमा बाहिरिएको छ ।













प्रतिक्रिया