२६ असार २०८३, शुक्रबार

रविमाथिको अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा बहस जारी

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाई शुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई चलिरहेको छ । कार्यालयले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध सिन्धुलीका युवराज सफल,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महान्यायाधिवक्ताको कार्यालय,जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं, रुपन्देही,कास्की,चितवनसमेतलाई विपक्षी बनाएर माघ ४ गते रिट दायर गरेका थिए ।

रविको अभियोग संशोधन गर्न कार्यालयले टेकेको मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३६ मा मुद्दा फिर्ताको अवस्था नभएको उल्लेख गर्दै उनीहरुले सो निर्णयमा महान्यायाधिवक्ता सबिता भण्डारीको बदनियत रहेको दाबी गरेका छन् ।

अघिल्लोपटक माघ ६ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा पेशी तोकिएकोमा कारण देखाऊ आदेश जारी भएको थियो ।