११ कार्तिक २०८३, बुधबार

माधव नेपालको उम्मेदवारीविरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपालविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ (दर्ता नगरी तामेलीमा राख्ने काम) गरिदिएको छ । नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो ।

प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार रामनरेश राय यादवले नेता नेपालविरुद्ध दाबी–विरोध पेश गरेका थिए । उजुरीमा पतञ्जलि योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो ।

यादवले भ्रष्टाचार निवारण ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न प्रावधानहरूलाई आधार मान्दै नेपालको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गरेका थिए । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमा उल्लेखित आरोपहरूलाई पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको ठहर गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुन बमोजिम उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएकाले उजुरीलाई दरपीठ गरिएको हो । यस निर्णयसँगै नेपालको उम्मेदवारी यथावत कायम रहेको छ ।