रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी तीव्र बन्दै जाँदा उम्मेदवारहरू मतदाता फकाउन विभिन्न तरिका अपनाइरहेका छन् । यही क्रममा रौतहट क्षेत्र नम्बर–४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमलाले पनि फरक शैली अपनाएका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)बाट उम्मेदवार बनेका धमला मतदातासँग हात जोडेर मात्र होइन, उनीहरूकै दैनिकीमा घुलमिल हुँदै मत मागिरहेका देखिएका हुन् ।
कोही मतदाता हाते आरो चलाइरहेका भेटिँटा धमला पनि सँगै आरा समातेर काममा जुटेका देखिन्छन् । कतै पसलमा जेरी पकाइरहेका मतदातासँगै भान्सामा उभिएर उनी आफैं पनि जेरी पकाउँदै मत मागिरहेका तस्वीर, भिडियोहरू यति सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
धेरैले धमलाको चुनावी घरदैलोको यस शैलीलाई पुरानै तरिका भनेका छन् भने कतिपयले जनताको जीवनशैलीसँग प्रत्यक्ष साक्षात्कार गर्दै मत माग्नु सकारात्मक भएको टिप्पणी गरेका छन् ।








प्रतिक्रिया