३० असार २०८३, मंगलबार

सिमखोला पुल नजिकै बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौं जादै गरेको म.प्र.०३-००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो गाडी ब्रेक फेल हुँदा अनियन्त्रित भएर बिहीबार बिहान १ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सर्लाही बरहथवा नगरपालिका–१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको आज बिहान काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका चालक सर्लाहीका २५ वर्षीय रामवली साह र सहचालक १६ वर्षीय छोटे पासवानको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।