१ श्रावण २०८३, शुक्रबार

विश्वकपका खेल सार्ने बंगलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका खेल भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अस्वीकार गरेको छ ।

आईसीसीले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकप तालिकाअनुसार हुने र बंगलादेशका खेलहरू भारतमै खेलिने पुष्टि गरेको हो ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न अनुरोध गरेपछि अगाडि बढ्ने बाटोबारे छलफल गर्न बुधबार बसेको आईसीसीको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ ।’

बंगलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार गर्दै आएको छ । तर, त्यहाँको सरकारले मंगलबार बोर्डलाई उसको अडान परिवर्तन गर्न दबाब नदिने बताएको थियो ।