६ श्रावण २०८३, बुधबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औं बैठक आज बस्ने भएको छ ।

बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनको समिति बैठक कक्षमा बस्ने भएको हो । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा पर्यटन विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनका विषयमा विस्तृत छलफल गरिनुका साथै विविध विषयमा समेत विचार–विमर्श हुने जनाइएको छ ।

समितिले बैठकमा सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।