२३ जेष्ठ २०८३, शनिबार

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा १२ सिटका लागि १३८ जना प्रतिस्पर्धामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३० र सबैभन्दा कम मुगुमा सात जनाको उम्मेदवारी परेको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ । सुर्खेत क्षेत्र नं. १ मा १३ र दुई मा तीन स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी दर्ता भएको छ । अर्को दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २१ जनाको उम्मेदवारी परेको छ । यहाँ क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसपछि सल्यानमा दुई स्वतन्त्रसहित १६, जुम्लामा एक स्वतन्त्रसहित १०, रुकुम पश्चिममा १२, जाजरकोटमा ११, हुम्ला ८, मुगु ७ डोल्पा नौ र कालिकोटमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पश्चिम, जाजरकोट, हुम्ला र मुगु जिल्लामा स्वतन्त्र उम्मेदवारी परेका छैनन् भने सबै भन्दा धेरै चार जना स्वतन्त्र उम्मेदवार कालिकोटमा परेको छ ।

सुर्खेत जिल्ला क्षेत्र नं. १ नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र लगायतका १३ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट पूर्वसांसद धुव्रकुमार शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविकिरण हमालले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नं. १ मा नेमकिपा, विप्लव नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, श्रमसंस्कृति पार्टी, आम जनता पार्टी, जसपा नेपाल, उज्यालो नेपाल पार्टी, मितेरी नेपाल पार्टी लगायतका १३ दलका उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् ।
सुर्खेत क्षेत्र नं. २ मा तीन जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । वीरेन्द्रनगर ७ का उदिराम चुनारा, वीरेन्द्रनगर ११ का कृष्ण खत्री र वीरेन्द्रनगर ११ कै रमेश परियारले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेसका नारायणकुमार कोइराला, एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर राना र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटाले उम्मेदवारी दर्ता गराए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराज पुरी, उज्यालो नेपालका गम्भीरसिंह भुल, नेमकिपाका तल्छी खड्का, जनता समाजवादी पार्टीका दिपबहादुर नेपाली, नेकपा माओवादीका धर्मराज देवकोटा, गतिशिल लोकतान्त्रिक पार्टीका पवन थापामगर, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, नेकपा संयुक्तका प्रेमबहादुर तारामी, श्रम संस्कृती पार्टीका राजेन्द्र रामजाली र नेपाल जनसेवा पार्टीका हृदयचन्द्र अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दैलेखका दुई निर्वाचन क्षेत्रमा गरी २१ जनाको मनोनयन दर्ता गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ मा १० जना र दुईमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नं. १ मा एमालेका रवीन्द्रराज शर्मा, नेपाली कम्युनिष्ट पार्टीका अम्मरबहादुर थापा, कांग्रेसका बासना थापा, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर वली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामलाल विश्वकर्मा, राप्रपाबाट रणबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेत, आम जनता पार्टीबाट मेनका श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नारायण नगरपालिका–१० का लोगबहादुर बोगटीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्र बहादुर शाही, कांग्रेसका दिक्पाल कुमार शाही राष्ट्रिय जनमोर्चाका कमलबहादुर बरै मगर, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कलम सिहं राप्रपा नेपालबाट बबिताकुमारी शाही र स्वतन्त्र उम्मेदवार लालबहादुर कठायत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाहीले मनोनयन दर्ता गरेका हुन् ।

आम जनता पार्टीका तीर्थाकुमारी वंशी मगर ९बिक० र स्वतन्त्र उम्मेदवार हिमबहादुर शाहीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जुम्लामा जिल्लामा एक स्वतन्त्रसहित १० जनाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले मनोनयन गरेका हुन् ।

नेमकिपाका बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल जनता पार्टीका रनिलविक्रम शाही, नेपाल कम्युनिष्ट पार्टीका बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्र उम्मेदवारका रुपमा भक्तबहादुर रावलले उम्मदेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ जनाले उम्मेदवार दिएका हुन् । उम्मेदवारहरु दुई जना महिला रहेका छन् । कांग्रेसका केशबहादुर विष्ट, नेकपाका रमेश मल्ल, एमालेका गुलाबजंग शाह, रास्वपाका ललितकुमार चन्द, नेकपा माओवादीका चन्द्रबहादुर खड्का, नेमकिपाका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी, संयुक्त नागरिक पार्टीबाट कालीदाश विक छन् ।

जनमोर्चाबाट कमला डाँगी, मंगोल नेसनल अर्गनाईजेसनबाट बालसिंह घर्ती, श्रम संस्कृतिबाट धनबहादुर बुढा, स्वतन्त्रबाट ध्रुवराज ओली र जुद्धकुमार सिंहले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत कमल आचार्यले बताए ।

रुकुम पश्चिममा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा ‘प्रभाकर’, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा ‘अनल’, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली कांग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी दर्ता गराएका छन् ।

डोल्पामा एमालेका लंकबहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढा र नेपाली कांग्रेसका कर्ण बुढाले उम्मेदवारी दर्ता गराए । प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, राप्रपाका हरिप्रसाद डाँगी, मितेरी नेपाल पार्टीकी जुनु भण्डारी, स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसी ऐडीले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए ।

जाजरकोटमा कांग्रेसका खडक बिसी, नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुर बस्नेत, एमालेका डम्बरबहादुर सिंह, रास्वपाका रावध कार्की, प्रलोपाका मेषबहादुर ओली, राजमोका रजबहादुर खड्का लगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

हुम्लामा कांग्रेसका जयपति रोकाया, नेकपाका दीपेन्द्र रोकाया, एमालेका दल फडेरा, रास्वपाका टासी ल्हान्जोम, मितेरी पार्टी नेपालका जयबहादुर शाही, राप्रपाका छक्क बुढा, नेकपा माओवादीका कुम्भ बुढा, प्रलोपाका जटिक कार्की उम्मेदवार बनेका छन् ।

कालीकोटमा नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहति १० राजनीतिक र चार जना स्वतन्त्र उम्मेदवारसहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका नगिन्द्र शाही ‘नेशनल’, कांग्रेसका हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताए ।

मुगुमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्ल, कांग्रेसका खड्कबहादुर शाही, नेकपाका चन्द्र बहादुर शाही, एमालेका पूर्णबहादुर रोकाया, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्ल, रास्वपाका भुवन टमट्टा लगायत सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।