१४ असार २०८३, आइतबार

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले हुस्सु र कुहिरोका कारण हवाइ सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।