२५ जेष्ठ २०८३, सोमबार

रामेछापमा उम्मेदवारी मनोनयन दर्तामा देखियो उत्साह

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेकपा (एमाले)का तर्फबाट माधव ढुङ्गेल, नेपाली कांग्रेसका रामचन्द्र खड्का, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. कृष्णहरि बुढाथोकीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयपत्र दर्ता गराएका हुन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी लगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नुअघि विभिन्न राजनीतिक दलहरूले बाजागाजासहित बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेका थिए ।

निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ ।