१४ असार २०८३, आइतबार

उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने– हामी परिवर्तनको पक्षमा छौँ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि उनले कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्दर्भमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।

उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ । विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौँ । पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन् । अब निर्वाचनको सन्दर्भमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौँ । घोषणा पत्र सार्वजनिक गर्छौँ । निर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री कसलाई बनाउने भन्ने घोषणा पत्रले प्रस्ट्याएर आउँछ ।’

क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापा, नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।