२७ असार २०८३, शनिबार

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा अदालतले एक करोड धरौटी माग गरेको छ ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग एक करोड धरौटी माग गरेको हो ।

लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ ।