२८ असार २०८३, आइतबार

केपी ओलीसँग दमकका मेयरले दुखेसो– जसले मेरो घर जलाए उनीहरुले नै बालेनलाई घर भाडामा लगाए

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर देखाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन झापा पुगेका ओलीलाई थापाले आज आफ्नै जलेको निवासस्थलमा लगेर घटनाबारे जानकारी गराएका हुन् । जलेको घर देखाउँदै थापाले भने, ‘जसले मेरो घर जलाए, उही अहिले आफ्नो घर बालेनलाई कार्यालय राख्न दिएका छन् ।’

यसप्रति एमाले अध्यक्ष ओलीले जवाफ दिँदै भने, ‘यिनीहरू एउटै खालका हुन् ।’

झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्न बालेन पनि दमक पुगेका छन् । उनले निर्वाचन प्रचारका लागि दमकमा घर भाडामा लिएका छन् ।