२९ आश्विन २०८३, बिहिबार

सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, मनोनयन दर्ता गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ ।

पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर–२ बाट विपिन कापर, क्षेत्र नम्बर–३ बाट सुनिलप्रसाद गुप्ता र क्षेत्र नम्बर–४ बाट राकेशकुमार मिश्रलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छनोट गरिएको हो । उनले अनुभवी, स्थानीय समस्यासँग नजिक र संगठन विस्तारमा योगदान दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिइएको बताए ।

आज चारै निर्वाचन क्षेत्रमा बाजागाजासहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जनमत पार्टीले सर्लाहीभर व्यापक चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ । मधेशको सम्मान, समान अधिकार र दिगो विकासका लागि आफू नै भरपर्दो राजनीतिक विकल्प भएको सन्देश जनतामाझ पुर्‍याउने पार्टीको लक्ष्य रहेको छ ।